समय : ०४:१७ am | सोमबार , वैशाख ७ गते २०८२

जनतासँग गरेको बाचा अनुसार नमुना काम गरेका छौ: वडा अध्यक्ष श्रेष्ठ

राधिका भुषाल | चैत्र ११ गते २०८१

प्यूठान नगरपालिका वडा न.३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठ उमेरले हाल ३१ वर्षका युवा हुन् । २०६२ ,०६३ मा मुक्ति मा.वि. रातामाटामा कक्षा ७ मा अध्यययन गर्दा विद्यालयमा बाल  अखिल क्रान्तिकारी समितिमा आवद्ध भई कक्षा १० मा अध्ययन गर्दाको बखत अखिल क्रान्तिकारी बिद्यार्थी संगठनको जिल्ला कमिटी सदस्यको जिम्मेवारीबाट  विद्यार्थी राजनीतिमा सक्रिय रुपमा सहभागि भई आफ्नो राजनीति यात्रा अघी बढाएका श्रेष्ठ २०६८ मा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला अध्यक्षसोहि विद्यार्थी संठनको केन्द्रीय सदस्य ,सचिवालय सदस्य ,केन्द्रीय सचिव हुदै उपमहासचिव  समेतको जिम्मेवारी निर्वाह गरीसकेका छन् भने हाल ने.क.पा माओवादी केन्द  प्यूठानको जिल्ला कमिटी सचिवालय सदस्य तथा प्यूठान नगरपालिका कमिटीको सचिवको जिम्मेवारीमा छन् ।

आफ्नो वडा भित्र बिकास निर्माण तथा विभिन्न क्षेत्रमा अलि फरक एवं नयाँ योजनाका गतिविधिहरु सञ्चालन गर्दै आएका प्यूठान नगरपालिकाका नगरप्रवक्ता समेत रहेका श्रेष्ठ संग हामीले चुनावका बेला जनतालाई गरेका बाचा के कति पुरा भए?

आगामी योजना ,वडाले अघी सारेका कार्यक्रमहरु ,आगामी राजनीतिक यात्रा लगायतका विषयमा कुराकानी गरेका थियौ।प्रस्तुत छ स्वर्गद्वारी अपडेटले गरेको कुराकानीको सम्पादित अंश।  

चुनावमा जनतालाई गरेका प्रतिवद्धताहरु के कति पुरा गर्नु भयो ?

जब हामी चुनावी मैदानमा उत्रिदै गर्दा प्यूठान नगरपालिका ३ विजयनगरका जनता समक्ष देख्ने ,सुन्ने र महसुश गर्ने विजयनगर बनाउछौ भनेर प्रतिवद्धता गरेका थियौ । सुखी समृद्ध वडा बनाउने जनता संग गरेको बाचा अनुसार नै हाल काम गरेका छौ ।

वडाका जनताको अपेक्षा अनुसारको काम भएको छ ?

निश्चय पनि अहिले जनताको अपेक्षा धेरै माथीबाट छ । खास गरी मैले वडा अध्यक्षको हैसियतबाट र वडा कार्यालयले विकास, सुशासन, रचनात्मक, मानवीय, विपतका लगायतका क्षेत्रमा स्थानीय सरकारको तर्फबाट गर्ने कामहरुमा हामी प्रतिवद्ध नै छौ । देशका धेरै स्थानीय तह र वडाहरु मध्ये विजयनगर अब्वल नै छ भन्ने लाग्दछ ।

यहाँको वडामा  भएका नमुना कामहरु के के होलान् ? 

मेरो कार्यकाल आधा आधी हुदै गर्दा हामी थुपै्र नमुना कामहरु गरेका छौं । हामी निर्वाचित भएर आउनासाथ एउटा चार्ट बनायौं । वडा भित्रका भिराला सडकहरु जस्लाई हामीले ज्यानमारा सडक भनेर नामाकरण गर्यौ । ती सडकहरुलाई फराकिलो बनाएका छौं । पक्की नाला बनाएका छौं । अब कालोपत्रेको पक्रियामा छन् । करिब एक दर्जन सडकलाई व्यवस्थित गरिसकेका छौं । खानेपानीको ८० प्रतिशत समस्या थियो, ५० प्रतिशत हल भयो बाकी ३० प्रतिशत समाधान प्रक्रियामा छ । मुल अभावका कारण पुर्ण रुपमा खानेपानी पु¥याउन समय लागेको हो त्यसलाई वैकल्पिक विधि अपनाउदैछौं । स्वास्थ्यको क्षेत्रमा पनि हाम्रो तहबाट गर्नुपर्ने काम गरिरहेका छौ ।

शिक्षा क्षेत्रको कुरा गर्दा प्यूठान नगरक्षेत्र भित्रका अभिभावक विहिन बालबालिका मुक्ति माध्यमिक विद्यालयका नि:शुल्क आवसीय शिक्षा प्रदान गर्दै आएका छौ । हाम्रो वडा भित्रका ८ वटा विद्यालयहरु छन् । ती  विद्यालय मध्ये केही विद्यालयमा कक्षा थप गर्दै स्तरउन्नती गराएका छौं । वडाका सबै विद्यालयमा शैक्षिक भौतिक र गुणस्तरीय शिक्षामा रुपान्तरण गरेका छौ ।

हामीले जिल्लामै पहिलो पटक सडक लाइट जडान ग¥र्यौ । सडक टि.भी. राखेका छौं जुन प्यूठान जिल्लमै नमुना अभ्यास हो भन्ने लाग्दछ । विपन्न वर्गलाई लक्षित निशुल्क टेलिफोन सञ्चालन गरेका छौ । वडाका मुख्य चोकहरुमा फ्रि वाइफाइ सञ्चालन गरेका छौ। त्यसैगरी सुरक्षा व्यवस्थालाई ख्याल गर्दै सिसि क्यामेरा जडान गरेका छौ । वडाबाट सुरु भएको सिसि क्यामेरा नगरपालिकाको प्राथमिकता पनि राखेकाछौ । पर्यटनको क्षेत्रमा महान जनयुद्धको प्रतिकको रुपमा रहेको दैलेसिमलमा युद्धपर्यकीय स्थल बनाएका छौ भने लव डाडा पर्यटकीय स्थललाई व्यवस्थित गरिरहेका छौं । जुम्री देखि वसपार्कसम्मको सडकलाई  एक वडा एक कालोपत्रे सडकको सुरु गरेका छौ । सिचाई तथा पुलपुलेसाको क्षेत्रमा पनि विशेष महत्वका साथ काम गरेका छौ। मेथीखोला जुम्रीखोला र भरंगामा स्टिल ट्रस पुल बजेनी, सातमुलेमा झोलुंंगे पुल निर्माण , जुम्री खोला र मेथीखोलाका ठाउँ ठाउँमा व्यवस्थित  तटवन्धनको व्यवस्था गर्नु  पनि हामीले गरेको महत्वपूर्ण कार्य हो । तसर्थ हामीले जनतालाई गरेको बाचा अनुसार नमुना ढंगले जनताकेन्द्रीत काम गरेका छौ ।

यहाँ माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिध हुनुहुन्छ , अन्य दलप्रति आस्था राख्ने जनतालाई कसरी सम्बोधन गर्नुभएको छ ?

मेरो वडामा भुइ मान्छेहरुको प्रतिनिधित्व गर्ने पार्टी नेकपा माओवादी केन्द्रप्रति आस्था भएका जनताहरुनै धेरै हुनुहुन्छ । यद्यपी अन्य दलका नेता तथा कार्यत्रकर्तासंग समन्वय, सहकार्य र सुझावलाई हामीले अवलम्वन गर्दै आएका छौं । विजयनगरवासीको भावनालाई कदर गर्दै काम गर्ने सबैको जनप्रतिनिधि र भुइमान्छेको प्रतिनिधित्व गर्ने पार्टीबाट निर्वाचित भएकाले सबै दलमा आस्था र विचार राख्ने जनतालाई सम्बोधन गरेका ेछु । राजनैतिक सहकार्य गर्दै गर्दा सुशासन र क्रप्शनलाई हामीले कम्परमाइज गर्नु हुदैन भनेर शुन्य सहनशीलतालाई अगाडी बढाएका छौ ।

समृद्ध वडा बनाउने संकल्प पुरा गर्न  कस्तो भुमिका निर्वाह गरिरहनु भएको छ ? 

हामी निर्वाचित हुदैं गर्दा जुन अपेक्षा थियो त्यो कुरा धेरै पुरा भइसकेको छ । विजयनगरवासी जनताले परिवर्तन महसुश गर्ने गरी काम गरेका कारण अहिले विजयनगरवासी जनसमुदायलाई आम जनताले हेर्ने कुरामा नयाँ उचाइ निर्धारण भएको छ । वडालाई समृद्ध र नमुना योग्य वडा बनाउने दौडानमा छौं । यो कुरा प्रति वडावासीहरु विश्वस्त हुनु भएको छ । अब केही सुचकहरु बाँकी छन्, आगामी दिनमा ती काम बाकी कार्यकाल अवधीमा पुरा गर्नेछौ ।  

यहाँ पार्टीको नगरकमिटी सचिव हुनुहुन्छ,नेकपा माओवादी केन्द्रको नगर अधिवेशन हुदैछ आगामी दिनमा पार्टीको कुन जिम्मेवारीमा रहने सोच छ ?  

अहिलेसम्म नेकपा माओवादी केन्द्रको प्यूठान नगरकमिटि सचिवको जिम्मेवारी सम्हालि रहेको छु । हामीले नेतृत्व भन्दा नीति बनाउछौ । कार्यदिशा र कार्यक्रम बनाएर काम गर्छौ । र, अब यो अधिवेशनले हाम्रो नगरपालिकालाई माओवादीको आधार निर्माण गर्नको निमित्त समृद्ध र सुखी नगरपालिका जुन सरकारले दिएको त्यस अनुरुपमा नेतृत्व बनाउनु पर्छ । प्यूठान नगरपालिकामा स्थानीय सरकारको दुई कार्यकाल नै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुनुहन्छ । अबको नेतृत्व लिनको लागि माओवादीले कार्यदिशा निर्माण गर्छ र, त्यो कार्यदिशा अनुसार पार्टीले जुन स्थान दिन्छ त्यसमै जिम्मेवारी लिनेछु । मेरो उपस्थिति महत्वपूर्ण नै रहन्छ भन्न चाहन्छु ।

नगरप्रवक्ता समेत हुनुहुन्छ,आम युवाहरुलाई समेट्न नगरपालिकाका के कस्ता योजना कार्यक्रम छन्?   

समग्र नगर क्षेत्र भित्रका युवाहरुलाई प्यूठान नगरपालिकामा कसरी टिकाउने, उनीहरुको भाग्य र भविष्यको निर्धारण सरकारको तर्फबाट कसरी गराउने भनेर योजना बनाइ रहेकाछौं । नीति तथा कार्यक्रमहरु बनाएर ती कार्यक्रमहरुलाई लागु गर्दैछौ । शिक्षालाई जोडेर लोक सेवाका कक्षाहरु सञ्चालन गरेका छौ । अबका युवालाई सरकारी सेवा र  उद्यमशीलतामा प्रवेश गराएर स्वदेशमै स्वरोजगारको वातावरण सृजना गर्ने तर्फ हाम्रो सरकार केन्द्रीत भएको छ । कृषि क्षेत्रमा ठुलो लगानी गरेर उत्पादन र बजारीकरणमा आधारित अनुदान, किसान पेन्सन कार्यक्रमलाई अझै व्यवस्थित गर्दै आएका छौ । अन्य स्थानीय तहले युवाको क्षेत्रमा गरेका समृद्ध र नमुना योग्य कामहरुको प्यूठान नगरपालिकाले सिको गर्दै समग्र युवालाई समेट्ने कुरामा हामी विश्वस्त छौ । प्यूठान नगरपालिका अभिभावक विहिन स्थानीय सरकार हो । प्यूठानबाट प्रतिनिधि सभामा निर्वाचित माननीय सांसद मुर्ती नै हुनु भएको छ । प्यूठान नगरपालिकाको लागि उहाँबाट ठुलो अपेक्षा गरेका थियो तर, वहाँले कुनै योजना नै बनाउन सक्नु भएन त्यसो भएको हुंदा स्थानीय सरकार एक्लैलाई अलि बढि दवाव परेको छ । अभिभावक विहिन सरकारको तर्फबाट हामी जे जति सक्छौ त्यति गर्नेछौ ।

अन्त्यमा केही भन्नु हुन्छ कि ?

प्यूठान नगरपालिकालाई सुखी र समृद्ध नगरपालिका बनाउने अभियानमा हामी छौ । समृद्ध अभियानको मार्ग निर्देशन तयार भइसकेको छ, यो मार्ग निर्माणका लागि सबै नगरवासी जनसमुदायहरुलाई हातेमालो गर्दै सहयात्रा गर्नको निमित्त हार्दिक अपिल गर्न चाहान्छु। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्