समय : १०:२९ pm | शनिबार , असार २९ गते २०८१

जनताले छिटो न्याय पाएपछि मात्र न्यायको अनुभुति हुन्छ : उपप्रमुख वर्मा

राधिका भुषाल | असार १६ गते २०८१

प्यूठान जिल्लाको मुख्य बजारीक्षेत्र समेटेर बनेको जिल्लाको नौ स्थानिय मध्येको एक हो प्यूठान नगरपालिका । नगरक्षेत्र भित्र अधिकांश ठाउँहरुमा खेतियोग्य फाँटहरु झिमरुक फाँट, खैरा फाँट, जुम्रीखोला किनारहरुमा बनेका सुन्दर फाँटहरु तथा उर्वर भुमि रहेको छ । नगरपालिकालाई समृद्ध बनाउन र नगरवासीहरुको सपना पुरा गर्ने उदेश्यका साथ लामो समय पत्रकारिताको माध्यमबाट योगदान पुराउदै विभिन्न संघसंस्थाहरुको कुशल नेतृत्वमा रही काम गरेको अनुभव बाकेर स्थानिय तहको दोस्रो निर्वाचनबाट प्यूठान नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित हुनुभएका देवेन्द्र वर्मासंग स्वर्गद्धारी अपडेटले समसामयीक विषयमा गरेको कुराकानीको सम्पादित अशं ।
उपमेयर निर्वाचित भएपछी तपाइको अनुभव कस्तो छ ?
प्युठान नगरपालिकाको उपप्रमुखको रुपमा नगरवासीहरुले निर्वाचित गरेदेखि निर्वाचित भएको क्षण नै अत्यन्तै ग्ररुङ्गो महशुस गरे । उहाँहरुले दिएको जिम्मेवारी, उहाँहरु सँग मत माग्न जाँदा राखेका कुराहरु र उहाँहरुले प्युठान नगरपालिका कसरी सभ्य र सुन्दर बनाउन पर्छ भनेर दिएका सुझावहरु सबै मनमा राखेर निरन्तर रुपमा उहाँहरुसँग सम्बाद र प्रत्यक्ष भेटघाट गर्दै आईरहेको छु ।
प्युठान नगरपलिकालाई सम्वृद्ध नगरपालिका बनाउन तपाइको प्राथमिकतामा के–के छन् ?
प्युठान नगरपालिका मिश्रित प्रकारको भूगोल रहेको छ । अति सुगम, मध्यम विकास भएका बस्तीहरु पनि छ र चान्जा र घोय जस्ता अत्यन्तै बिकट बस्तिहरु पनि छन् । अहिले हामीले नीति तथा कार्यक्रम र बजेट बनाउदा विशेष गरि हामी निर्वाचित भए देखि चान्जा र घोय जस्ता अति बिकट बस्तीहरुलाई हाम्रो शहरसंग जोड्ने एउटा काम र अर्को अति बिपन्न वर्गको समुदायको जीविको पार्जनसंग जोड्ने अर्को काम पहिलो प्राथमिकता रहेको छ । मध्यम बस्तीहरूलाई उच्च तहमा पुगिसकेका विकासका कामहरुसँग प्रतिस्पर्धा गर्ने गरि पूर्वाधार बिकास गर्ने प्राथमिकता भित्र पर्छ । क्वाडी देखि बाग्दुला सम्मको बस्तिलाई अझै थप विकास गर्ने गरि तिन भागमा विभाजन गरि हामीले बिकासको काम अघि बढाएका छौ ।
तपाइको न्यायालयमा कस्ता खालका समस्या तथा मुद्दाहरु आएका छन्?ति मुद्दाहरुलाई कसरी टुंगो लगाउनु भएको छ ?
प्युठान नगरपालिकाको प्राथमिकताको क्षेत्र मध्ये एउटा क्षेत्र न्यायिक समिति र न्याय प्रदान गर्ने क्षेत्र हो । स्थानीय तहमा रहेको न्यायिक समितिको बारेका सबैभन्दा पहिलो समुदायलाई जानकारी गराउन पर्दछ । साना तिना कुरापनि प्रहरीमा जाने, जिल्ला प्रशासन जाने र अदालत जाने जस्ता कुरालाई निरुत्साहित गर्दै संबिधान, स्थानीय सरकारको ऐन नियमले दिएका कुराहरुलाई सम्बोधन गर्दै न्यायिक समितिबाट जानुपर्छ । हामीले अहिले विशेष गरि समुदायलाई सचेत गराउन अघि बढेका छौ । न्यायिक निरुपणको सस्तोमा अथवा निःशुल्क रुपमा स्थानीय न्यायिक समितिबाट सुरु गर्यो । हामीले प्युठानका ९ वटै स्थानीय तहहरुको न्यायिक समितिका साथीहरुसंग नियमित भेटघाट गर्ने गरेका छौ । उहाहरुको समस्यालाई सामाधान गर्ने प्रयास गरेका छौ । प्युठान नगरपालिकाले करिव ७ सय जना नगरवासीहरुलाई न्यायिक सचेतनाको तालिम दिएका छौ, त्यो पनि राष्ट्रिय मेलमिलाप परिषदमा सुचिकृत भएका संस्था र प्रशिक्षणहरुबाट तालिम गरायौं । अहिलेसम्म ९६ वटा निवेदनहरु न्यायिक समितिमा परेका छन् त्यसमध्ये ५५ वटा समस्याहरु मेलमिलापबाट समाधान गरेका छौ २ वटा फैसला निरुपण भएका छन् भने बाकि निबेदनहरु मेलमिलापका चरणमा रहेका छन । केहि समय अघि १७ जनालाई तालिम दिएर जम्मा ५६ जना मेलमिलाप कर्ता उत्पादन गरेका छौ । आउने आ.व. मा वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरि त्यहिबाट समस्या सामाधान गरें योजना बनाएका छौ । जनताले छिटो न्याय पाएपछी मात्र न्याय पाएको अनुभूति गर्छन त्यस कारण हामीले न्यायिक क्षेत्रलाई प्रभावकारी बनाउदै सम्पूर्ण नगरबासीको पहुँचमा पुर्याउने लक्ष्य लिएका छौ । मेरो न्यायालयमा आउने मुख्य समस्या भनेको पहिले देखि सार्वजनिक रुपमा प्रयोग भएका जग्गा तर अहिले जग्गाको मूल्य बढे संगै नीजिकरण गर्न खोजेको समस्या आएका छन् । त्यसै गरि माना चामलको समस्या, पालन पोषणका समस्या, लैंगिक हिंसा, घरेलु हिंसा जेष्ठ नागरिकलाई हेरचाह नगरिएका जस्ता समस्याहरु आउने गरेका छन् ।
नगरवासीहरुको उपभोक्ता हित संरक्षण कसरी गरिरहनु भएको छ ?
उपभोक्ता हित संरक्षणको लागि हामीले कार्यविधि नै बनाएर काम गरेका छौ । प्युठान नगरक्षेत्र भित्रको बजारबाट जिल्लाको नौ वटै स्थानीय तह र ६४ वटै वडाहरुमा खाद्यान्न पुग्ने गर्छ । यहाँबाट गएका खाद्यान्नहरु के कस्ता छन् भनेर हामीले नियमित रुपमा बजार अनुगमन गर्ने गरेका छौ । केहि दिन अघि मात्र ठुलो मात्रमा म्याद नाघेका खाद्यान्नहरु तथा अन्य सामाग्री बरामद गरि नस्ट गरेका छौ । प्युठान नगरपालिका भित्र व्यापार व्यवसाय दर्ता नगरिकन, म्याद नाघेका अन्य गुणस्तर नभएका सामग्री बेचेर आम्दानी गर्न कसैले नसोची दिनु होला । म यहिबाट आग्रह गर्दछु स्वास्थ्यलाई असर गर्ने कुनै पनि सामग्री बेचेर आम्दानी गरेको पाईएका कानुन बमोजिम सजाय भोग्न तयार रहनुहोला भन्न चाहन्छु ।
नगर क्षेत्रमा उत्पादित भएका बस्तुको बजारीकरण गर्न पालिकाले के–कस्तो योजना बनाएको छ ?
बिशेष गरि लघु उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण गर्ने हो । त्यसका लागि हामीले सुरेका छौ उत्पादनमा आधारित अनुदान । दुध उत्पादन गरेको कृषकलाई प्रती लिटर १० रुपयाँको दरले अनुदान वितरण गरेका छौ । ताकी दुध उत्पादन गर्ने कृषकको संख्या बढोस, त्यसै गरि बाहिरबाट आएका तरकारीहरुलाई थोरै भएपनि कर लगाउने र हाम्रो उत्पादन भएका बस्तुहरुलाई प्रति किलोका दरले अनुदान दिने तयारी गरेका छौ । त्यसै गरि किसान पेन्सन कार्यक्रम सुरु गर्दैछौं,त्यो कार्यक्रमले पहिला दुध र तरकारीलाई समेट्ने छौ । अति बिपन्न नागरिकलाई कम्तिमा वर्ष भरिमा सय दिन रोजगार दिने योजना गरेका छौ । उत्पादनलाई बजारसँग जोड्न एक वडा एक कालो पत्रे सडक भनेर योजना अघि बढाएका छौ । २ वर्षमा ५ किलोमिटर कालो पत्रे गराएका छौ।त्यस्तै गेजबाङमा जापान सरकारको आर्थिक सहयोगमा बेसार प्रशोधन केन्द्र बनाएका छौ । किसानहरुले हलेदो उत्पादन गरेको सिधै प्रसोधन केन्द्रमा लगेर बिक्रि वितरण गर्न सकिन्छ।यसले गरिबी निवारण, जिबिको पार्जन र उत्पादनमा टेवा पुर्याउने छ ।
नगरपालिकाको नमुना अभ्यासहरु के के छ ?
मुख्य त हामीले नगर क्षेत्र भित्रका अभिभावक बिहिन बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउनको लागि सम्पूर्ण खर्च बेहोर्ने गरि मुक्ति माध्यमिक बिद्यालय राटामाटामा पढाएका छौ । झिमरुक नदीमा तटबन्धन,शिक्षामा ठुलो मात्रामा लगानी, फोहोर व्यवस्थापन,कम बिद्यालय धेरै बिद्यार्थी संख्या अभियान सुरु गर्दैछौ, पर्यटन तर्फ खैराकोट, सहिद स्मृति पार्क, भित्रिकोट, बाईसधारा, झुलेनी लगायतका धार्मिक तथा पर्यटकिय स्थलहरुलाई व्यवस्थित गर्दै आय आर्जन जोडीदै छौ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page