समय : ०८:२३ am | आइतबार , भाद्र २१ गते २०८३

घर घरमै सुरक्षा भत्ता नवीकरण

स्वर्गद्वारी अपडेट | भाद्र २० गते २०८१

प्युठान।माण्डवी गाउँपालिका-३ मा नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ।वडा कार्यालय पुग्न समस्या हुने अशक्त,अपाङ्गता भएका वृद्धवृद्धालाई लक्षित गरि घरमै पुगेर नवीकरण गरिएको वडा अध्यक्ष धनेद्र कार्कीले बताए।

लाभग्रहिले भदौ मसान्त सम्म आफ्नो विवरणसहित सामाजिक सुरक्षा भत्ता नवीकरण गरिसक्नु पर्नेछ।वडा अध्यक्ष कार्कीले पहिलो चरणमा लाभग्राहीको सहजताको लागि वडामा बाहेक पायक पर्ने टोलका बिभिन्न स्थानमा नवीकरण गरिएको छ।

सामाजिक सुरक्षा भत्ता नविकरणमा कोही पनि छुट्न नहुने भन्दै नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउन टोल टोलमै पुगेर सेवा दिएको कार्कीले बताए।  

यो पनि पढ्नुहोस्