समय : ०४:५७ am | बिहिबार , फागुन २७ गते २०८२

आज नयाँ वर्ष, हर्षोल्लासकासाथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

स्वर्गद्वारी अपडेट | वैशाख १ गते २०८०
स्वर्गद्वारी अपडेट समतार डेक्स ।  नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् ।यस्तै, आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना बनाउने एवम् सङ्कल्प गर्ने गर्दछन्।आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिष्टान्न भोजन बनाएर खाने चलन छ । नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।  

यो पनि पढ्नुहोस्