समय : ०१:४५ pm | शनिबार , श्रावण १२ गते २०८१

टिकटक बन्द र भु-राजनिती बुझौ

स्वर्गद्वारी अपडेट | कार्तिक २९ गते २०८०


दुर्गा राज पाण्डे

नेपाल सानो मुलुक भएपनी राजनितीक हिसाबले ठुलो अर्थ राख्ने गर्दछ। बिश्व दुई धुर्वमा बिभाजित छ। बिश्वको लोकतान्त्रिक मुलुकहर( पस्चिमा मुलुकहरु) हुन र यसको नेतृत्व अमेरिकाले पछिल्लो समय नेतृत्व गरेको छ भने अर्को नेतृत्व कम्युनिस्ट खेमाको नेतृत्व छिमेकी मुलुक चिनले नेतृत्व गरेको छ। लोकतन्त्र र मानव अधिकारको रटान गरेर नेपालमा पछिल्लो संविधान निर्माण गर्ने क्रममा पश्चिमा रास्ट्रले नेपाली माटो सुहाउँदो संविधान बन्न नदिएर सकेसम्म आफ्नो प्रभावको संविधान अनुमोदन गराइछाडे। अमेरिकाले चिनको सहयोग OBOR रोक्न नेपालका दलहरुलाइ सकेसम्म प्रभावमा राखेर MCC पास गराइ छाड्यो। चीनको छिमेकमा भएपनी नेपाल अमेरिका कै खेमाको प्रभावमा रहेको संदेश विश्व समुदायलाई दिन खोजेको पछिल्लो प्रमाण हो। चिनले सकेसम्म अरु रास्ट्रको आन्तरिक मामिलामा अमेरिका भारत जस्तो प्रभाव राख्न पाएहुन्थ्यो भन्ने खासै चासो दिदैन। नेपालमा “एक चीन नीति” र नेपालमा चीन बिरोधी पश्चिमा गतिविधि नहोस भन्ने बाहेक सरकारलाइ खासै नेपालमा चासो राखेको पाइदैन।

नेपाली भु-राजनिती अध्ययन गर्ने हो भने नेपालमा चासो राख्ने भारत,अमेरिका र चिनको बढी चासोका साथ हेरिन्छ । केहि दशक अघिसम्म प्रभाव राख्न शक्ति रास्ट्रहरुले साम्राज्य फैलाउन जमिन, उद्ध्योग, व्यापार,हतियार, खनिज, हुँदै डलर, मानव सम्साधनको आधारमा आफू सर्बोत्कृस्ट रहेको दाबी गर्दथे। केही बर्ष अघि आएको covid 19 पनि बायोलोजीकल युद्ध हो भन्ने अनुमान गर्न त्यति गार्हो नपर्ला।

पछिल्लो बर्ष संसारभरी प्रबिधीले गर्दा टेक्नोलोजीको लडाइँ चलेको छ। फेसबुक जुन अमेरिकाबाट चलेको र चिनबाट टिकटक चलिरहेका छन् । चिनमा फेसबुक प्रतिबन्ध र चिनको विपक्षमा रहेका पस्चिमा रास्ट्रले टिकटक प्रतिबन्द गरेका छन् । भारत लोकतान्त्रिक रास्ट्र हो।भारत र चिनको सम्बन्ध ब्यापारीक हिसाबले एक अर्कोमा परिपुरक सम्बन्ध थियो। राम्रो सम्बन्ध भएको बेला भारतमा पनि टिकटक चल्थ्यो। पछिल्लो समय सिमा बिबादको विषयले भारत चीन बिच (लद्दाग) युद्ध हुदा भारतीय पक्षमा ठूलो क्षति भयो। तत्कालीन अवस्थामा भारतले चिनको विपक्षमा रहेको जानकारी दिन टिकटक बन्द गर्ने निर्णय गर्यो। सो निर्णय अमेरिकाले स्वागत गर्यो। भारत जस्तो बढी जनसंख्या भएको देशले टिकटक बन्द गर्दा टिकटकका ग्राहक बढ्नु स्वभाबिकै हो। त्यस समयमै अमेरिकाले टिकटक बन्द गराउन नेपाल सरकारलाई ठूलो दवाब दिएको थियो तर तत्कालीन समयमा सरकारले चिन सम्बन्ध बिग्रने डरले चासो दिएन । सो समय नेपालले नयाँ नक्सा जारी गरेर भारत चिढिएको थियो । सो समयमा टिकटक बन्द गर्दा भारतको पक्षमा र चिनको विपक्ष हुने भन्दै टिकटक बन्द गर्न मानेन। पछि तत्कालीन प्रधानमन्त्रीले टिकटक एकाउन्ट खोलेर चिनको विपक्षमा नरहेको सान्केतिक जानकारी दिएका थिए।

नेपालमा टिकटक बन्दले के अर्थ राख्ला?
नया जनबादी क्रान्ति गर्ने भन्दै माओवाद सिद्धान्त बोकेर चिन जस्तै शासन ब्यबस्था ल्याउन जनयुद्ध गरेका प्रचण्ड अहिले प्रधानमन्त्री छन् ।प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुदा बिदेशी शक्तिलाई मिलाउन नजान्दा सरकारबाट बाहिरिनु परेको र सत्ता टीकाउन शक्ति रास्ट्रहरुको इच्छा अनुरुप चलाउनु पर्ने कुरा बताइरहेका हुन्छन् । 2 बर्ष अघि एक अन्तरबार्तामा नेपालमा (कम्फर्टेवल सरकार) टिकाउ हुनेकुरा बताएर चर्चामा आएका थिए। राजनितीका कुसल खेलाडी प्रचण्ड पछिल्लो समय अमेरिका र चिनको एक्कैपटक भ्रमण गरेर फर्केका छन् । तेस्रो ठुलो दल भएपनी सत्ताको नेतृत्व गर्ने भाग्यमानी उनी पछिल्लो समय आन्तरिक र बाह्य दबाबमा छन् ।

नेपालमा सत्ता टिकाउन भारत र अमेरिकाको खेमामा रहेको जानकारी दिदा आफू सत्ताको केन्द्र मै रहिरहन सकिने कुरामा उनी प्रष्ट छन् । सत्तामा रहन सम्सदिय जोडघटाउ मिलाउन काङ्ग्रेसलाई बालकृष्ण खाड्को फाइल र एमालेलाइ टोपबहादुरको फाइल खोलेर सत्ता टिकाउन सफल भए। पछिल्लो समय अन्य फाइल पनि खोलेर अरु नेतालाइ पनि जेल जान सक्ने भन्दै काङ्ग्रेस र एमालेका नेतालाइ दबाब मै राखिरहन सफल छन् । नेपालमा टिकटक बन्द हुने नियम बनाउदै गर्दा सो निर्णयको कमान्डर छन् । यो निर्णय गर्दा भारत र अमेरीका खुसी हुने कुरामा प्रचण्ड ढुक्क छन् । बिकृती र बिसङती बढ्यो भनेर टिक्टक बन्द गर्दा यता सरकारको लोकप्रियता पनि बढ्ने र राजनितिक गठजोड पनि मिल्ने। प्रचण्ड सरको दिमागलाइ सलाम। टिकटक बन्द गर्दा भु-राजनीति चाहिँ नबिग्रीयोस है।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page