भालुको आक्रमणबाट अर्घाखाँचीमा १ जनाकाे ज्यान गयाे


स्वर्गद्वारी अपडेट प्यूठान, अर्घाखाँचीको शितगंगा नगरपालिकामा भालुकाे आक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ ।भालुकाे आक्रमणबाट शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा ८० वर्षका रामबहादुर क्षेत्रीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयाे ।बुधवार घरबाट झिरा जाँदै गर्दा रानी सामुदायिक वनमा भालुकाे आक्रमणबाट उहाँ घाइते हुनुभएकाे थियाे । उहाँकाे उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा ज्यान गएकाे हाे ।प्रहरी कार्यालयले रानी सामुदायिक वन तथा अन्य क्षेत्रहरूमा एक्लै नहिँड्न र हिँड्नुपरेमा सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरेको छ ।यस्तै अर्घाखाँचीको शितगंगा १४ सिमलपानीमा बसले किचेर एक वृद्धाकाे ज्यान गएकाे छ । कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया इन्द्रकला भट्टराईलाई त्यही बसको पछाडिको चक्काले किचेको थियो ।कपिलवस्तुको पिपरामा रहेकाे सामुदयिक अस्पतालमा उपचारको क्रममा गए राति उहाँको ज्यान गएको हो । प्रहरी बसका चालकलाई पक्राउ गरेकाे छ ।