समय : ०३:४२ pm | मङ्गलबार , वैशाख ९ गते २०८२

काठमाण्डौको दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना : एक जनाको ज्यान गयो, दुई जना घाइते

स्वर्गद्वारी अपडेट | पौष १० गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान,  काठमाण्डौको दक्षिणकाली नगरपालिका-२ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । हिजो बेलुका साढे ६ बजे बा ३ ख ६६५६ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षका रविन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ । वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, घाइते भएका दुई जनाको पनि यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण पानी ट्याङ्कर दुर्घटनामा परेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्