समय : १०:१९ am | शनिबार , श्रावण १२ गते २०८१

लगातारको झरी आजदेखि बिस्तारै कम हुने

स्वर्गद्वारी अपडेट | भाद्र ९ गते २०८०

काठमाण्डाै - केही दिनदेखि परेको लगातारको झरी आजदेखि बिस्तारै कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाण्डौ उपत्यकामा पानी पर्ने क्रम बिस्तारै कम हुँदै गएको छ । आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका पश्चिमी क्षेत्रमा मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार गण्डकी र लुम्बिनीसहित पूर्वका केही क्षेत्रमा मौसम बदली नै छ ।

पूर्वी क्षेत्रमा मौसम सुधार हुन केही दिन लाग्ने छ । कोशी, मधेस र बाग्मतीमा बदली र हल्का वर्षाको सम्भावना छ । तर निरन्तर पानी पर्ने क्रम अब बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै, नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page