समय : ०९:२५ am | शनिबार , श्रावण १२ गते २०८१

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना 

स्वर्गद्वारी अपडेट | भाद्र ५ गते २०८०

५ भदौ ।  हाल नेपालमा भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । अहिले देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहने छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page