समय : ०८:३८ am | शनिबार , श्रावण १२ गते २०८१

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

स्वर्गद्वारी अपडेट | भाद्र ३ गते २०८०

स्वर्गद्वारी अपडेट प्युठान ।  आज राष्ट्रिय सूचना दिवस मनाइँदै छ । नेपालको संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भइ कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ ।

राष्ट्रिय सूचना आयोगले १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रतिबद्धतापत्र जारी गरी सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न/गराउन सार्वजनिक निकायलाई आह्वान गरेको छ ।सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न/गराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page