समय : ०८:५० am | मङ्गलबार , फागुन ५ गते २०८२

मनोनयन दर्ता कार्यक्रममा सहभागी हुन प्युठान कांग्रेसको आग्रह

विज्ञप्तिअनुसार दिउँसो ३ बजे मल्लरानी गाउँपालिका-४ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

स्वर्गद्वारी अपडेट | माघ ६ गते २०८२

प्युठान।नेपाली कांग्रेस प्युठानले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा सहभागिता जनाउन सबैलाई आह्वान गरेको छ।

सोमबार प्युठान काँग्रेसले विज्ञप्ति जारी गर्दै कांग्रेसको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गरिने कार्यक्रममा सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई उपस्थित हुन अनुरोध गरेको हो।

नेपाली काँग्रेस प्युठानका सभापति बिष्णु कुमार गिरीले जारी गरेको विज्ञप्तिअनुसार दिउँसो ३ बजे मल्लरानी गाउँपालिका-४ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।




यो पनि पढ्नुहोस्