समय : ०४:४५ pm | बुधबार , माघ २ गते २०८१

डेंगी संक्रमितको संख्या १४ हजार नाघ्यो, १० जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण ३२ गते २०८०

श्रावण ३२ गते काठमाडौँ। डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ भने ७५ जिल्लामा पुगिसकेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ हजार ३५७ पुगेको हो । कर्णाली प्रदेशका मुगु र हुम्लाबाहेकका सबै जिल्लामा डेंगी संक्रमण भएको ईडीसीडीले जनाएको छ । डेंगीबाट हालसम्म १० जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट ५०० भन्दा बढी केश भएका ४ वटा जिल्ला रहेका छन् ।

सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।सुनसरीमा डेंगी संक्रमितको संख्या ७ हजार ४९५ पुगिसकेको छ । त्यसैगरी मोरङमा १ हजार ६७६, धादिङमा १ हजार ३२० र झापामा ९१३ र काठमाडौँमा १९९ जना संक्रमित भइसकेका छन् । प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै संक्रमितको संख्या १० हजार ८१३ पुगिसकेको छ ।त्यसैगरी वाग्मती प्रदेशमा २ हजार ९, गण्डकी प्रदेशमा ६०३ र सुदूरपश्चिम प्रदेशमा ४५१ जना, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जना संक्रमित भइसकेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्