समय : ०३:४९ pm | सोमबार , माघ २८ गते २०८१

भूमि आयोग प्युठानको अध्यक्षमा केसी नियुक्त

स्वर्गद्वारी अपडेट | माघ १ गते २०८१

प्युठान।नेपाली कांग्रेसका नेता सुवास केसी भूमि समस्या समाधान आयोग, जिल्ला समिति प्यूठानको अध्यक्षमा नियुक्ति भएका छन्।सरकारले ५६ जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्ष नियुक्त गरेको छ।सत्तारुढ दलले भागबन्डाका आधारमा आयोगमा नियुक्ति गरेका हुन्।

प्यूठान कांग्रेसका पूर्व सभापति समेत रहेका नेता केसीले सोमबार आयोगको अध्यक्ष पदको शपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रिस्तरीय २०८१ पुस २९ गतेको निर्णयानुसार केसीलाई भूमि समस्या समाधान आयोग, जिल्ला समिति प्यूठानको अध्यक्षमा नियुक्ति गरिएको पत्रमा उल्लेख छ ।

सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नियुक्त भएका ५६ जिल्लाका भूमि समस्या समाधान आयोगका अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्