प्यूठान। स्वर्गद्वारी नगरपालिका वडा-३ जलुकेमा प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।सोमवार स्वर्गद्वारी नगरपालिका वडा नं.३ वडा कार्यालयको आर्थिक सहयोग र वडा स्तरीय महिला संजालको आयोजनामा वडा कार्यालयको सभाहलमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा महिलाहरुको लागी आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख दुर्गा चैडाले प्रजनन स्वास्थ्यमा देखीने समयस्याहरु र तिनीहरुबाट बच्न सकिने उपायहरुको बारेमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा प्रमुख अथितिको रुपमा स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशाासकिय अधिकृत विमल रिजालले महिलाहरुमा साना–साना समस्याहरुले ठूला समस्याहरु देखिने भएकाले प्रजनन स्वास्थ्य सम्बन्धि समयमा सजक र सतकर्ता अपनाउन आग्रह गरेका थिए।अधिकृत रिजालले स्वर्गद्वारी नगरपालिकाको प्रत्येक वडामा शुन्य होमडेलिभरी बनाएर नगरपालिकालाई शुन्य होमडेलिभरी घोषणा गर्ने समेत बताए । महिलाहरुलाई घरमा सुत्केरी गराउदा महिला र बच्चामा समस्याहरु देखिनेत तथा ज्यान जोखिममा समेत रहने अस्पातलमा सुत्केरी गराउनु पर्दछ भन्ने जनचेतना फैलाउन समेत सुझाव अधिकृत रिजालले दिएका थिए।

यस कार्यक्रमले महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धि सचेत गराई सार्थकता दिलाउने उदेश्यले राखिएको वडा न-३ का वडाअध्यक्ष कृष्ण बहादुर रोकायले बताए।महिला घरमा शिक्षित भएमा घर परिवार नै शिक्षित रहने भएकाले वडामा रहेका महिलाहरुलाई विभिन्न कार्यक्रम जोड्ने सँगै सिपमुलक तालिमहरु दिन आवश्यक रहेको समेत वडाअध्यक्ष रोकायले बताएका थिए।
वडा महिला संजालको अध्यक्ष उसा पोख्रेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विमल रिजाल , वडा अध्यक्ष कृष्ण बहादुर रोकाय, वडा सदस्यहरु , महिला संजालका प्रतिनिधिहरु तथा अपाङ्ग महिलाहरु , पत्रकार , कर्मचारीहरु लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा महिला तथा बालबालिका ज्येष्ट नागरिक शाखा प्रमुख निमा डाँगीले नगरपालिकाबाट महिलाहरुलाई विभिन्न तालिमहरु प्रदान गर्दे आएको र सिपमुलक पन्चेबाजाको तालिम समेत दिने बताएकी थिइन।