प्युठान। झिमरुक गाउँपालिकाले एकल महिलालाई भत्ता दिने भएको छ।गाउँपालिका भित्र स्थायी बसोबास गर्ने एकल महिलाहरुलाई भत्ता उपलब्ध गराउने भएको हो ।
झिमरुक गाउँपालिकाले बिवाह नगरी बसेका र १२ बर्षदेखी श्रीमान बेपत्ता भएका एकल महिलाहरुका लागी भत्तादिने निर्णय गरेको छ। पालिकाबाट भत्ता प्राप्त गर्न एकल महिलाले कुनैपनि सरकारी सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएकाको हुनुपर्ने झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर थापाले बताए।
चालू आर्थिक वर्ष २०८१ /०८२ पुष मसान्तसम्म ४५ बर्ष उमेर पुगेका एकल महिलाले यस्तो भत्ता पाउने पालिकाले निर्यण गरेको हो।








