समय : ०९:१३ am | मङ्गलबार , वैशाख १५ गते २०८३

प्यूठानमा आत्मदाह प्रयास रोक्न खोज्दा बुवा–छोरी गम्भीर घाइते

घाइते दुवै जनाको जिल्ला अस्पताल प्यूठानमा प्रारम्भिक उपचार गरिएको थियो।

स्वर्गद्वारी अपडेट | वैशाख १५ गते २०८३

प्यूठान।घरायसी विवादका क्रममा आत्मदाह प्रयास रोक्न खोज्दा बुवा–छोरी दुवै जना गम्भीर घाइते भएका छन्।सोमबार प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षीय सानू नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपाली जलेर घाइते भएको जिल्ला प्रहरी जनाएको छ।

प्रहरीका अनुसार विवादका क्रममा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाउने प्रयास गरेका थिए। सोही क्रममा छोरी अञ्जलीले रोक्न खोज्दा पेट्रोल खोसाखोस हुँदा आगो सल्किएर दुवै जना जलेका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

घाइते दुवै जनाको जिल्ला अस्पताल प्यूठानमा प्रारम्भिक उपचार गरिएको थियो। अवस्था गम्भीर रहेकाले थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्