प्युठान।रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ४ तातापानीस्थित तुसारवोट बस्तीमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। आइतबार परेको चट्याङका कारण स्थानीय ७७ वर्षीय लालु वलीको मृत्यु भएको प्रहरीले जनाएको छ। वलीको घरदेखि करिब ५ मिटर पश्चिममा रहेको रुखमा चट्याङ खसेको थियो।
सोही क्रममा चट्याङको प्रभावले वली गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो।
घटनामा वलीको गोठमा बाँधिएको एक गोरु समेत चट्याङ लागेर मरेको बताइएको छ। स्थानीय प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।








