समय : १०:५१ pm | सोमबार , वैशाख १४ गते २०८३

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन वैशाख १७ गतेदेखि आह्वान

स्वर्गद्वारी अपडेट | वैशाख १४ गते २०८३

दाङ।लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा (१) र धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट अधिवेशन आह्वान गरिएको हो।

सूचना अनुसार अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम प्रदेश सभा सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिएका छन ।

यो पनि पढ्नुहोस्