प्युठान।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मूल्याङ्कनमा प्युठान जिल्लाको प्युठान नगरपालिका पहिलो भएको छ।भने, मल्लरानी गाउँपालिकाले कम अंक प्राप्त गरि अन्तिम नतिजा हासिल छ।
आर्थिक वर्ष ०८०/०८१मा आयोगले सार्वजनिक सार्वजनिक गरेको प्रतिबेदनमा प्युठान नगरपालिका ६५.६अंक पाएर प्युठानमा पहिलो बनेको हो।
त्यस्तै प्युठानका ९ स्थानीय सरकारका कार्यसम्पादन अंक र स्थान यसप्रकार छ ।
पहिलो प्युठान नगरपालिका ६५.६ अंक, दोश्रो सरुमारानी गाउँपालिका ६०.४ अंक तेश्रो, गौमुखी गाउँपालिका ५९.८ अंक, चौथो नौबहिनी गाउँपालिका ५९.३ अंक, पाचौं झिम्रुक गाउँपालिका ५५.८ अंक, छैठौं ऐरावती गाउँपालिका ५५ अंक, सातौ स्वर्गद्वारी नगरपालिका ५४.७ अंक, आठौं माण्डवी गाउँपालिका ५३.३ अंक र नवौं मल्लरानी गाउँपालिका ४९.५ प्रतिशत अंक ल्याएको हो।
प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएको कार्य सम्पादन सूचनाको मुल्यांकन गरि अंक प्रदान गरिएको आयोगले जनाएको छ ।
साथै प्राप्त अंकमा चित नबुझे सोही कार्य बाधिको दफा ९ अनुसार सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसुची ५ को ढाँचामा निवेदन गर्न आयोगले जनाएको छ ।