प्युठान । मल्लरानी गाउँपालिकाले एक दिन शोक विदा दिने भएको छ ।
वडा सदस्य दामोदर परियार(नेपाली)को निधनमा शोक व्यक्त गर्दै गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा सदस्य परियारको दुर्घटनामा निधन भएकोले पालिकाले शोक विदा दिने निणर्य गरेको हो ।
परियारको बिहिबार बिहेको कार्यक्रममा सहभागी हुँदा जन्ती सवार गाडीले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको थियो । पालिकाले राष्ट्रिय झण्डा आधा झुकाउने र पालिका तथा वडा कार्यालयहरुमा शोक विदा दिने गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताए।
