समय : ०५:४६ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा राष्ट्रिय बाल साहित्य प्रतियोगिता हुँदै

सन्तोष सुनार | मंसिर ३ गते २०८०


प्युठान । जिल्लामा राष्ट्रिय बाल साहित्य प्रतियोगिता हुने भएको छ ।

आईतवार २८ औ राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा नेपाल पत्रकार महासंघ प्युठानका पत्रकारहरु सँग प्युठान नगरपालिका ४ जुम्री आयुष्मा होटेलमा पत्रकार भेटघाट कार्यक्रममा साहित्य परिषद् प्यूठानकी कार्यबाहक अध्यक्ष बिमला खनालले जानकारी गराएकी हुन । यहि मंसिर ९, १० र ११ गते बाल साहित्य सम्मेलन हुने छ ।साहित्य परिषद् प्यूठानकी कार्यबाहक अध्यक्ष खनालले सम्मेलनबाट जिल्लाको साहित्यक क्षेत्रमा नयाँ जागरण आउने बिश्वास ब्यक्त गरिएकी थिईन ।

साथै प्रचार प्रसारमा सहयोगका लागि जिल्लामा क्रियाशील संचारकर्मीसंग आग्रह समेत गरेकी छन् । बाल साहित्य समाजको मुख्य आयोजक तथा अगुवाईमा गरिन थालेको सो कार्यक्रममा ८ गते देशभरबाट साहत्यिक ब्यक्तित्वहरुको भेटघाट जमघट तथा अनुभव शेयरिङ हुनेछ भने ९ गते बिहान ७ बजे सदरमुकाम खलंगामा रिडाथन गरिने र दिनको ११ः०० बजे जनता माबि बाग्दुलामा उदघाटन समारोहको कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन संघीय साँसद सूर्य थापाले गर्नेछन् । बालप्रतिभाहरुको प्रतिभावान क्षमतालाई प्रस्फुटित गराई साहित्य क्षेत्रको बिकास तथा मुलधारमा ल्याउने उद्धेश्यका साथ साहित्य सम्मेलनलाई निरन्तरता दिंदै आएको यस बाल साहित्य समाजले गर्न थालेको २८ औं सम्मेलन हो ।

सम्मेलनमा एक सय भन्दा बढी ख्यातिप्राप्त बाल साहित्य सर्जकको उपस्थिति हुनेछ भने प्यूठान जिल्लाका सवै पालिकाका गरी ४ सय बिद्यार्थीलाई बिभिन्न बिधामा प्रशिक्षण दिनुका साथै उनीहरुको कथा, कविता, निबन्ध जस्ता सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संगै बिभिन्न श्रष्टाहरुद्धारा लिखित पुस्तक बिमोचन, साहित्यिक बिचार बिमर्श,कार्यपत्र प्रस्तुती, कला प्रस्तुती, पुरस्कार बितरण तथा हस्त लेखन लगायतका कार्यक्रम तय गरिएका छन् । साहित्य सम्मेलन सम्पन्न गर्नका लागि जिल्लामा क्रियाशील साहित्यिक संस्था तथा अन्य निकाय खासगरी साहित्य परिषद् प्यूठान, राप्ती साहित्य परिषद प्यूठान, जनता मावि बाग्दुलाका साथै प्यूठान नगरपालिका,र मल्लरानी गाँउपालिका , निमतारा पोलीक्लिनिक लगायतका सहित गरी दर्जन भन्दा बढी निकायले ऐक्यबद्धता जनाउदै स्थानीय आयोजकको भूमिकामा रहेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page