समय : १०:२० am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानको नौबहिनीमा आमाछोरा मृत अवस्थामा फेला

सन्तोष सुनार | मंसिर २ गते २०८०


प्युठान। जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्वर ३ खबाङ्गमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् । खबाङ्ग निवासी २२ वर्षीया रिमा बुढामगर कार्तिक २७ गते सोमबार देखी घरबाट सम्पर्कविहिन भएपछि स्थानीय र प्रहरीको टोलीको अनुसन्धान पछि घर देखी १५० मिटर तल काईया भन्ने ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ । ३ वर्षीय छोरा मुस्कान बुढामगर आमाको मृत शवको ३०–४० मिटरको दुरीमा शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय प्युठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक हुमानन्द खनालले बताए । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेका प्रहरी निरीक्षक कृष्ण रानाले स्वर्गद्वारी अपडेटलाई बताए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख इश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page