समय : ०९:०२ am | शनिबार , श्रावण १२ गते २०८१

पुण्यखोला देखी भित्रिकोट सम्म दौड प्रतियोगिता

स्वर्गद्वारी अपडेट | कार्तिक ५ गते २०८०


कार्तिक ५ गते

प्यूठान । प्यूठान नगरपालिका ७ पुण्ड्यखोलादेखि पर्यटकिय स्थल भित्रिकोट सम्मको खुल्ला दौड प्रतियोगिता सुरुभएकोछ ।

बडा दशैंको महाअष्टमीको दिन पारेर प्रतियोगिता सञ्चालन गरिएको भित्रिकोट दौड तथा साँस्कृतिक खुल्ला नृत्य प्रतियोगीता मुल व्यवस्थापन समितिले जनाएको छ । ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश संसद धनलक्ष्मी श्रेष्ठले रिवन काटेर गर्नु भएको हो । पुण्ड्यखोला देखि भित्रिकोट सम्मको दुरी करिब ९ किलोमिटर रहेको छ । प्रतियोगितामा ४३ जनाले भाग लिएकाछन् ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउनेछन् । यस्तै अन्य सहभागिले पनि १ हजारका दरले सान्तोना पाउने प्रतियोगिता सञ्चालन समिति संयोजक सुशील पोख्रेलले बताउनुभयो । गत बर्ष देखि बडादशैंको महाअष्टमीका दिन दौड प्रतियोगिता सुरु गरिएको हो । यस्तै दिउँसो लोक नृत्य प्रतियोगिता सञ्चालन गरिने पोख्रेलले बताउनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page