समय : ०१:५८ pm | शनिबार , श्रावण १२ गते २०८१

झिमरुकमा एमालेको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

स्वर्गद्वारी अपडेट | कार्तिक ५ गते २०८०

प्युठान । प्युठानको मच्छिमा विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमम समपन्न गरेको छ ।

नेकपा एमाले झिमरुक गाउँपालिका कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।

प्यूठानका प्रतिनिधीसभा सदस्य एवं एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले दसैं पर्वले सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्व जागृत गर्ने विश्वास व्यक्त गरेका छन्।

शनिबार बडा दसैंको शुभकामना कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद थापाले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता कायम गर्दै सहकार्यको माध्यमबाट मुलुकलाई समृद्धि दिशातर्फ लैजान पहल गर्नुपर्ने बाताएका हुन। हामी जनप्रतिनिधिहरु असाध्यै तिक्त भएर काम नगरौं । उनले भने- "अब एकर्काको बिरोध होइन सहकार्य गरौं। जनताले हामीलाई देश र जनताको सर्वपरी ठानेर काम गर्न भनेर चुनेर पठाएका हुन, मिलेर राम्रो काम गर्ने हो।" तेरोमेरो होइन हामी सबैको जिम्मेवारी हो पुर्वाग्रह त्यागेर जिल्लाको बिकास र समृद्धिको लागि लागौ।

देशमा रोजगारी सृजना गरि उत्पादनमा जोड नदिने हो भने, बिकासले गति लिन नसक्ने उनले बताए । त्यो दोष हामिले कति लिने हो, लिन तयार छौ । उनले भने-"तर सरकार चलाउनेले लिनुपर्दैन जिम्मेवार हुनुपर्दैन एमालेले सरकार चलाउदा ७ प्रतिशत लक्ष्य हासिल गरेको थियो।" अहिलेको सरकारले लक्ष्य हेर्यो भने निकै कमजोर देखाएको स्पष्ट छ।

मदन भण्डारी राजमार्गको ठेक्का लागेर काम शुरु भएपनि अहिलेको सरकारले आयोजनामा बजेट सुनिश्चिता गर्न नसकेको आयोजनाको काममा सुस्त भएको बताए । प्रतिनिधि सभा सदस्य थापाले  "भिमगिठे सडकको मंसिर भित्र ठेक्का लागोस भन्ने पहलमा हामी छौ।"  सरकार भने कतिपय प्राबिधिक काममा अल्झिरहेको आरोप लगाए । बाग्दुला(भिमगिठे सडकको साइट किलिरेन्स अवरुद्ध हटाउन झिमरुक पालिकाले निर्णय गर्यो यो सकारात्मक हो । गौमुखी गाउँपालिका र प्युठान नगरपालिकाले आफ्नो क्षेत्र भित्रका साइट किलिरेन्सको निर्णय गरेर प्रक्रिया पूरा गरे छिटो काम शुरु हुने उनको भनाइ छ।

बिकास र समृद्धिको लागि सृजनशिल भएर लागौं सहमति सहकार्य गरौ बिकास गर्न सकिने बताए ।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सबैको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताए । जिल्लामा जनप्रतिनिधिहरुले आग्रह पुर्वाग्रह होईन जिल्लाको बिकासमा समन्वय गरेर अगाडि बढ्नुको विकल्प नरहेको शर्माले बताए । काम भन्दा हल्ला बढी भयो अब मिलेर काम गरौ काम गर्ने बेला यहि हो उनले भने ।

यो कार्यक्रमले सामुहिकताको भावना जागरुक गरेको छ। शर्माले भने, "यो कार्य सकारात्मक हो।"  समृद्ध ल्याउन यो कदमले राम्रो सन्देश दिएको बताए । हाम्रो परम्परागत सस्कृती मासिदै जादा समाजमा थिती हराएको प्रती चिन्ता व्यक्त गरे ।

केही वर्ष पहिले एक अर्काको कार्यक्रममा जादा अफ्ट्यारो महसुस गर्ने दलहरु एकै ठाउँमा उपस्थित भएको देखेर खुशी भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । उनले भने,-"यसरि सहकार्य गर्यो भने समाज रुपान्तरण गर्न सकिने बताए ।" आजको यो शुभकामना कार्यक्रमले थप जिम्मेवार र जिल्लाको बिकासजो निम्ति सबैलाई एक ठाउँ बनाएको छ । समृद्धिको संकेत गरेको छ । पारस्परिक भेटघाट गर्ने जिल्लाको बिकासना सहकार्य गर्ने बाताबरण बनेको उपाध्यक्ष पोख्रेलले बताए ।

झिमरुक गाउँपालिका निवर्तमान अध्यक्ष तिलक जिसी

शुभकामना आदानप्रदान गर्ने भनेको बिचारको आदानप्रदान पनि हो हामिले समाज कसरी बुझ्यौ भन्ने हो । साझा रुपमा जनताका समस्यालाई हल गर्दै जाने हो भने, बिकास र समृद्धि सम्भव छ। उनले भने,-"उत्पादनको क्षेत्रमा जनतालाई संगै लैजानुपर्छ, त्यसको लागि अनुदान होइन उत्पादित बस्नुको उचित मूल्य र बजारको प्रबन्धको जिम्मा सरकारले लिनु।" पर्छू अर्थतन्त्र खाराव दिशातिर गइरहेकोले अर्थतन्त्र चलाएमान बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताए । राम्रो कामको निम्ति फुटेर होइन, जुटेर जिल्ला समृद्ध बनाउन सबै सरकारको सहकार्य आवस्यक रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार समितिका सदस्य टेकुलाल गिरी जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्ट, एमाले प्रदेश क का पार्टी संयोजक हिरामणी भण्डारी ख का संयोजक नेगन सिंह कवर, एमाले पार्टी गौमुखी अध्यक्ष जुमान सिंह जिसी, झिमरुकका वडा अध्यक्ष क्रमश तुलस बहादुर बस्नेत, कृष्ण बहादुर जिसी बहुमुखी गौमुखी क्याम्पस मच्छिका क्याम्पस प्रमुख सेर बहादुर जिसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल एमाले झिमरुक गाउँपालिका कमिटीका अध्यक्ष इन्द्रमणी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गोबिन्द गिरीले गरेका थिए भने, स्वागत सुरेन्द्र जिसीले गरेको एमालेले जनाएको छ

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page