समय : ०२:४७ am | बुधबार , असार ३१ गते २०८२

पूर्वप्रधानमन्त्री माथी गोली प्रहार

स्वर्गद्वारी अपडेट | असार २४ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा शहरमा उनीमाथि गोली प्रहार भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी एक सभामा सम्बोधनका क्रममा ढलेका थिए । प्रत्यक्षदर्शीहरूले उनको शरीरबाट रगत बगिरहेको देखेको र गोली पड्केको आवाज सुनेको बताएका छन् । उनको अवस्थाबारे स्पष्ट नभएको समाचारमा जनाइएको छ ।

यो पनि पढ्नुहोस्