समय : ०१:१० pm | शनिबार , श्रावण १२ गते २०८१

नवलपरासीका दिपक प्युठानमा ठेलागाढामा फलामका औजार बेच्दै

सन्तोष सुनार | पौष १५ गते २०८०

प्युठान । श्रमको सम्मान गरी निरन्तर सङ्घर्ष गर्नु भनेको जीवनमा सफता पाउनु हो । चितवन जिल्लाको नवलपरासीका दिपक तामाङ प्युठानमा फलामका औजारहरु बेच्ने गर्दछन ।

नवलपरासीबाट तुल्सीपुर औजार बेच्दै ३ दिन यात्रमा प्युठान आएका उनले जुम्री बजारमा रहेको ऐरवती होटेल एण्ड लजमा बसेर दिनमा ठेलागाडामा ओजारहरु राखेर बेच्ने गरेको स्वर्गद्वारी अपडेटलाई बताए । उनले भने प्युठान जिल्ला आउदा एक लाखको फलामका औजारहरु लिएर आएको ३५ हजारको जती विक्री भएको बताए ।

उनले ठुला हसिया एक हजार पाच सय , साने हसिया एक सय पचास , कुटो २५०, दाबु एक हजार , ताप्के तिन हजार पाच सय रुपैया विक्री गरेको बताए । औजारहरु गैडाकोट नवलपुर सालोभेना कृषि औजारबाट लिएर विक्रि गर्न आएको हामीलाई बताए। उनी यो पेशामा २०५८ सालमा १७ वर्षको उमेरबाट लागेका हुन ।

मलाई अमेरीका पनि यहिँ हो जापान पनि यहि भएको उनको भनाई रहेको छ । कर्म गरे माम र दाम जहाँ पनि छ अल्छिलाई सुक्काराम भएको बताए । यस पेशाबाट नै आफ्ने परिवार र जीवन चलाईरहेको समेत तापङुले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page