समय : ०२:३१ pm | शनिबार , श्रावण १२ गते २०८१

शेयर बजार १७ अङ्कले घट्यो, ५ अर्ब २४ करोड रुपैयाँको कारोबार

सन्तोष सुनार | पौष ११ गते २०८०

  पुस ११

स्वर्गद्वारी अपडेट समाचार डेक्स । शेयर बजार आज बुधवार दाेहाेराे अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ विन्दुमा झरेको छ ।आज म्युचल फन्ड र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धरै वीपीडब्ल्यू लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेपनि आज सात वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड ४३ लाख ३७ हजार कित्ता शेयर पाँच अर्ब २४ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page