समय : ०९:०५ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम

स्वर्गद्वारी अपडेट | मंसिर २० गते २०८०

प्युठान।बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशले सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम गरेको छ ।

प्युठान नगरपालिका -४ होटल आयुष्मा जुम्रिमा भएको सचेतना अभिबृद्धि कार्यक्रममा ६० जना सवारी चालकहरू तथा यातायात व्यवसायीलाई  सहजीकरण गरिएको थियो।

नयाँ सवारी चालकहरूलाई सवारी नियम कानुनको विषयमा ज्ञान नभएको हुँदा दुर्घटना हुने जोखिम देखिएकोले सचेतना मूलक प्रशिक्षण गरिएको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका शाखा अधिकृत (आठौं स्तर) का गणेश घिमिरेले बताए।

दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका बिषयमा चालकलाई सचेत बनाई जिम्मेवारी बोध गराउन "सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम" गरिएको जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख चन्द्र बहादुर के.सीले बताए। तिब्र गतिका कारण सबैभन्दा बढि दुर्घटना हुने हुँदा गाडीको गति सिमित राखी ट्राफिक नियमको पालना गरि सवारी साधन चलाउनु पर्ने के.सीको भनाई रहेको थियो।

दुर्घटना बाजा बजाएर नआउने भएकाले सचेतना नै दुर्घटना न्युनिकरणको उपाय भएको बताउंदै कार्यक्रमले चालकलाई सचेत र जिम्मेवार वनाउनुका साथै यात्रामा सहज वातावरण निर्माण गर्न प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगीले सचेत रहन आग्रह गरेका थिए।

कार्यक्रममा जिल्ला प्रसासन कार्यालय प्युठानका नि.प्रमुख खिमानन्द भुषाल,जिल्ला प्रहरी प्रमुख ईश्वर बहादुर के.सी ,घरेलु तथा साना उद्योग कार्यालय प्युठान प्रमुख सरद भण्डारी तथा सुचना अधिकृत चम्पक श्रेष्ठ,   जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रमुख चन्द्र बहादुर के.सी , इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक रामचन्द्र अधिकारी, उक्त कार्यक्रम बाबुराम भण्डारीले संचालन गरेका थिए ।

कार्यक्रममा टिप्पर, अटो रिक्सा, जिप, ट्याक्टरका सवारी चालकको उपस्थिति रहेको थियो।सहजीकरणले सवारी चलाउँदा प्रयोग गर्ने लेन (बाटो), सवारी दुर्घटना सम्बन्धी नियम कानुन, नेपालमा सवारी दुर्घटनाको अवस्था, बढी सवारी दुर्घटना हुने कारणको विषयमा जानकारी गराएको थियो।

कार्यक्रमको संयोजन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले गरेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page