प्युठान।यतिबेला देशका धेरै क्षेत्रमा धान रोप्न किसानहरु ब्यस्त छन् ।
यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण केही किसानहरुले कुलो लगाई खेतमा धान रोप्न ब्यस्त देखिन्छन्।ग्रामीणक्षेत्रमा भने धान रोपाइँका बेला हिलोमा काम गर्ने र त्यही हिलो एक अर्कालाई छ्यापेर खुशियाली साटासाट गर्ने गरिन्छ ।
खेतमा हिलो खेलेर रमाइलो गर्ने युवायुवतीको संख्या यस वर्ष घटेका छन् । तर किसानले खेत रोप्नै पर्नेछ ।शुक्रबार प्युठानको झिमरुक फाँटमा रोपाइँ गर्दै किसानहरु।