समय : १०:१७ am | शनिबार , श्रावण १२ गते २०८१

नौबहिनीले बालविवाह न्यूनीकरणका लागि विद्यालयलक्षित कार्यक्रम गर्दै

स्वर्गद्वारी अपडेट | माघ ५ गते २०८०

प्युठान।नौबहिनी गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विद्यालयलाई लक्षित गरी कार्यक्रम ल्याएको छ ।

विद्यालय उमेरकै बालवालिकाले बालविवाह गर्ने भएकाले सजग बनाउन गाउँपालिकाले विद्यालयलक्षित कार्यक्रम ल्याएको हो ।पालिकाले विद्यालय उमेरका बालबालिकालाई बालविवाहविरुद्ध लाग्न र यसबाट बच्न प्रेरित गर्ने उद्देश्यले विद्यार्थीलाई जागरुक बनाइरहेको छ ।

उक्त्त पालिकाको १० वटा विद्यालयमा बालविवाह न्यूनीकरणसम्बन्धी अभिमूखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको नौबहिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए।उनले भने–"बालविवाह हुनुका पछाडि चेतनाको अभाव नै सबैभन्दा ठूलो कारण रहेकाले विद्यार्थीमा बालविवाह विरुद्ध चेतना फैलाउन सके बालविवाह न्यूनीकरण गर्न सकिने ठहर गरी अभिमूखीकरणलाई प्राथमिकता दिएको अधिकृत पौडेलको भनाइ छ ।"

नौबहिनी गाउँपालिकाको आब २०८०/८१ को निती तथा कार्यक्रम अनुसार आगामी चार वर्षमा बालविवाह लाई शुन्यमा झार्ने लक्ष्य अनुरुप कार्यक्रमलाई प्रभावकारि र नतिजामुलक बनाउन रास्ट्रियस्तरकै कलाकारलाई आमन्त्रण गरेको अधीकृत पौडेलले बताए  ।

माघ ७ गते देखी सुरु हुने कार्यक्रममा १० वटा बिद्यालयमा र १० गते शुक्रबार वडा कार्यालय ७ थात्रामा प्रस्तुत हुने गाउँपालिकाले जनाएको छ।

सन्देश मुलक नाटकमा  कलाकार  शुरबिर पण्डित (दार्ही बा)र रामचन्द्र अधिकारी (गोफ्ते)काजीको टिमले गर्नेछ।गाउँपालिकाका १० वटा विद्यालयमा अध्यनरत विद्यार्थीलाई बालविवाहको परिचय, बालविवाह गरेमा हुने सजाय, बालविवाहका बेफाइदा, बालविवाह न्यूनीकरणलगायत विषयमा जानकारी गराइने छ।

कार्यक्रममा पालिकाको सम्पुर्ण आवि र माध्यमिकतहका बिद्यार्थीहरु , अभिवाहक, प्रमुक राजनितिकदलका प्रतिनिधि, आमा समूह, सम्पुर्ण जनप्रतिनिधि , बुद्धिजिविहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको पालिकाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page