समय : ०३:५२ pm | सोमबार , माघ २८ गते २०८१

प्यूठानमा धान दिबशमा अगुवा कृषकलाई सम्मान

स्वर्गद्वारी अपडेट | असार १६ गते २०७९
अनुज पछाई , प्यूठान । १९ औ धान दिवसको अबसरमा पारेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानले प्यूठानका केहि अगुवा कृषकहरुलाई सम्मान गरेको छ । असार १५ को अबसरमा जिल्ला स्थिित सरोकारवालाहरुसंग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानले निति तथा कार्यक्रम कार्यान्वयन माथी छलफल पनि गरेको छ । कार्यक्रममा चैते धान उत्पादन गर्ने कृषकको रुपमा किशोर बिष्ट , युवा उद्यमिको रुपमा नबिन कुमार श्रेष्ठ , धानको बिउ उत्पादन गर्ने कृषको रुपमा नरहरी योगी , उत्कृष्ट तरकारीको नर्सरी उत्पादक गर्ने कृषकको रुपमा मुक्ति पोख्रेल , ब्यबसायि तरकारीको रुपमा तिलक बहादुर गुरुङ र प्रारङगारिक तरकारीखेतीको रुपमा देवा सुवेदीलाई सम्मान गरिएको छ ।   त्यस्तै मेहनती कृषकको रुपमा मान बहादुर पुन , तरकारी सङकलक र बजारीकरणमा पदम थापा , महिला उद्यमिको रुपमा बेगमा पोख्रेल , बर्ष धान उत्पादन तर्फ इँद्र बहादुर थापा ,कार्यालयमा सम्झौता गरि सबैभन्दा पहिले काम सम्पादन गर्ने कृषकको रुपमा रेखा शार्की र सम्पर्क सान्वयन गर्ने कृषकको रुपमा रबिन्द्र कुमार भण्डारीलाई सम्मान गरिएको छ । जिल्ला समनवयन समिति प्यूठानका उपाध्यक्ष दुर्गा रेग्मीको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा प्यूठान नगरपालिका नगरप्रमुख बिस्नु बहादुर योगी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल , जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापा लगायको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन कार्यालयका प्रमुख चुमान गीरीले गरेका हुन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्