समय : ०३:१६ am | शनिबार , श्रावण ४ गते २०८१

सरुमारानीमा कृषकलाई हाते ट्याक्टर वितरण

स्वर्गद्वारी अपडेट | असार २५ गते २०८०

असार २५ प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ

खेतीपाती लगाउने समय सुरु भएसँगै पालिकाभित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो।किसानलाई खेती गर्न सजिलो होस् भनेर ५८ जना कृषकलाई मिनी तथा पावर टेलर अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए। उनले भने – "गाउँपालिकाले निर्वाहमुखी कृषि पेसालाई व्यवसायीकरण गर्न आर्थिक वर्ष ०७५र७६ बाट 'किसानसँग गाउँ सरकार कार्यक्रम' बनाएर काम गरिरहेको छौ।"गाउँपालिकामा रहेको कृषियोग्य जमिनलाई मध्येनजर गर्दै हाते ट्याक्टर वितरण गरिएको अध्यक्ष विश्वकर्माले बताए ।"

यस्तै, हाते ट्याक्टर पाएपछि कृषि खेती गर्न अझै उत्साहित भएको किसानले बताएका छन् । स्थानीय कृषक हिराबहादुर घर्तीले खेतबारीको सबै स्थानमा एकै नासले जोत्न सकिने बताए। सरुमारानी गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामिण बिकास समाज नेपाल (सोर्ड नेपाल)को साझेदारिमा सन्चालित "सरुमारानी कृषि तथा पशु उद्धमशिलता बिकास परियोजना" अन्तर्गत सोमबार कृषि यन्त्र वितरण गरिएको थियो ।  

यहाँका किसान श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि  हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page