समय : ०९:४५ am | बिहिबार , फागुन २८ गते २०८२

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

स्वर्गद्वारी अपडेट | माघ १२ गते २०७९
  स्वर्गद्वारी अपडेट ,प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सूवर्ण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री खरिद गरी सरस्वती पुजाको दिन विद्यार्थीहरुलाई  वितरण गरेका छन । अध्यक्ष सूवर्ण श्रेष्ठले १५ हजारभन्दा बढीको शैक्षिक सामाग्री खरिद गरि  वडा नम्बर ४ भिङ्ग्रीमा रहेको चन्द्रेश्वरी प्राथमिक विद्यालयका विद्यार्थीलाई वितरण गरेका छन ।शिक्षा क्षेत्र नै विकासको प्रमुख आधार हो भन्दै वडाभित्रको शैक्षिक गतिविधमा आफूलाई प्रत्यक्ष जोडेर शैक्षिक क्षेत्रको विकासमा उल्लेख्य काम गर्ने विचार आफ्नो रहेको अध्यक्ष श्रेष्ठले बताए ।श्रेष्ठले यस अघि पनि आफ्नो जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटाएर सामाजिक कार्यमा योगदान दिदै आएका थिए।
 

यो पनि पढ्नुहोस्