समय : ११:२८ am | बिहिबार , फागुन २८ गते २०८२

ओझेलमा उदयपुरकोट राजदरबार

स्वर्गद्वारी अपडेट | माघ १० गते २०७९
  लव कुमार अधिकारी नेपालको ऐतिहासिक पृष्ठभूमि पल्टाएर हेर्ने हो भने लगभग अधिराज्यभर नै शाह, चन्द, मल्ल जस्ता राजकीय परिवारले राज्य गरेको तथ्य भेटिने गर्छ।तर, नेपालकै एकमात्र यस्तो ठाउँ छ कि जहाँ बाहुन जातिले राज्य सञ्चालन गरेर आफ्नो अस्थित्व अहिलेसम्म बचाई राखेका छन्।माण्डवी गाउँपालिकाको  अग्रसरताबाट नेपालको  इतिहासमा एक मात्र ब्राह्मण राजाले  राज्य गरेको  तत्कालीन उदयपुर राज्यको  राजधानी उदयपुरकोट दरबार हो।तत्कालिन समयमा उदयपुर राज्यमा राजासँग कुनै सुरक्षा बन्दो वस्ती थिएन।न सेना थिए, न प्रहरी नै। तर अहिले त्यस्तो खालको राजकाज सामान्यतः कल्पना पनि गर्न सकिदैन।हाम्रा पूर्वजले  संभव तुल्याएका रहेछन्।यस्ता शासकीय उत्कृष्टताका धेरै उदाहरणीय र अनुकरणीय पक्षहरु उदयपुर राज्यको  इतिहासको  गर्भमा लुकेका छन् भन्न सकिन्छ।उत्तरतर्फबाट स्वर्गद्वारीको आध्यात्मिक केन्द्रको  स्पर्श, पूर्वतर्फ पवित्र माण्डवी नदीको जलप्रवाहको शीतलता, दक्षिण पश्चिमतर्फ अरङखोलाको  उर्बर फाँट तथा चिटिक्क परेका वस्तीहरुले उदयपुरकोटको  मुहारमा चमक र आकर्षणको  चुम्बकीय ऊर्जा विद्यमान गराइरहेका छन्। माण्डवी गाउँपालिकाले हाल तयार पारेको  गुरुयोजनाले  परिकल्पना गरेका सबै संरचना निर्माण हुँदाको  अवस्थामा बहुमूल्य मूर्त सम्पदा स्थापित हुने छन्।प्यूठानको माण्डवी गाउँपालिका वडा नं. ४ मा पर्ने उक्त दरबारका अवषेसको रुपमा देख्न सकिन्छ । दरबार नजिकै रहको  राजाले पुजा आजा गर्ने मन्दिरमा राजाले प्रयोग गरेका तरवार समेत राखिएको छ ।वाइसे तथा चौबिसे भुरेटाकुरे राजाहरुको पालामा बाहुन जातिले राज्य गरेको एकमात्र राज्य उदयपुरकोट दरबार हो । यही दिव्य सुन्दरता र चुम्बकीय आकर्षणले  गर्दा उदयपुरको ट एउटा “ड्रिम डे स्टिने शन” हुने छ। पर्यटक ओ इरिने छन्।आर्थिक क्रियाकलापमा पालिका चलायमान हुने छ।साथै अधिकारीहरुको  भावनात्मक एकतालाई सुदृढ बनाउन सहयो ग पुर्याउनेछ। राजाले उदयपुरकोट दरबारबाट महायज्ञ लगाएर  माण्डबी गाउँपालिकाको रहेको त्रिबेणी धाममा फूलपाती सेलाउन आउने गरेको सोहि धामका जानकार तथा  अध्यक्ष भुपेन्द्र अधिकारीले बताए।अधिकारीसँग पारिवारिक तथा सामाजिक नाता सम्बन्ध भएकाहरुमा पनि सामिप्यता बढ्ने छ र उदयपुरको टको  भ्रमण गर्न रहर जगाउने  छ।जसका माध्यमबाट माण्डवी गाउँपालिकाको  ख्याति बढ्ने छ। तर, हाल सम्म ऐतिहासिक राजदरबार ओझेलमा परेको छ ।जुन हिसाबले चर्चा परिचर्चा हुनु पर्ने हो त्यस अनुसार बाहिर आउन नसकेको स्थानियहरुको गुनासो छ।किम्बदन्ती अनुसार बाइसे चौविसे राजाहरुले राज्य गर्ने सिलसिलामा पूर्वाञ्चल विकास हाल(प्रदेश न १)क्षेत्रमा पर्ने उदयपुर नामको जिल्लाबाट कश्यप गोत्रीय अधिकारी वंशका जसुधर तत्कालीन उदयपुर राज्यका प्रथम राजा हुन्।माण्डबी गाउँपालिकाले तयार गरेको  गुरुयो जना अनुसार सबै संरचना निर्माण सम्पन्न भएपछि उदयपुरको ट अत्यन्त आकर्षक पर्यटकीय गन्तव्य हुने  निश्चित छ।त्यसले  इतिहासको  यथार्थतालाई सजीव रुपमा प्रतिबिम्बित गर्नेछ।भावी पुस्ताका निमित्त जानकारी पाउने  खुला पुस्तकालय समे त बन्ने छ। पर्यटकीय आनन्दका आभूषणले  उदयपुरको ट दिव्य मनो रम सम्पदा बन्ने छ। अधिकारीहरुका लागि भावनात्मक एकतामा आबद्ध हुन प्रे रणाको  स्रो त बन्ने छ।यी राजाले गर्मी मौसममा दरबारकोट र जाडो मौसममा बेसीमा बसी राज्य गर्ने गरेको स्थानीय श्रीधर अधिकारीले बताए।उदयपुरकोटमा राज्य गरेका राजाले त्यहाका जनतासंग तिरो उठाएर जिविको पार्जन गर्दै आएको उनी बताउछन् । ‘यहाँका राजाले २९ मौजाको बस्तीमा राज्य गरेका थिए ।’ ७७ वर्षिय अधिकारीले भने–‘चार्ड पर्वको समयमा राजाले ठुलो पुजाआजा गर्ने, सबै गाउलेलाई बोलाउने गर्थे भने गाउँले राजाको लागि खानेकुरा लिएर आउने गर्थे ।’ २९ मौजा मध्ये हाल ६ मौजा दाङ जिल्लामा पर्ने गरेको समते उनले बताए । अन्तिम राजा शान्ताराज अधिकारीले  सत्रौ पुस्ताका  रुपमा शासन गरेको इतिहास रहेको छ ।टापुमा रहेको सुननानी मन्दिर र दरबारलाई विशेष संरचनाहरु निर्माण गरी पर्यटकहरु रमाउने वातावरण सिर्जना गर्नु पर्ने स्थानियबासी दोर्ण अधिकारीले बताए । पालिकाले दरबार संरक्षणको लागि गुरुयोजना बनाएर  काम अगाडि बढाइ रहेको माण्डवी गा.पा.का प्रमुख कार्यकारी अधिकृत प्रकास पाण्डेले बताउछन। चालु  आर्थिकमा बर्षमा १ करोड रकम विनियोजन गरेको पाण्डेले जानकारी दिए ।हाल सम्म २ करोड ५८ लाखको रकम बिनियोजन भैसकेको छ। निरन्तर ३ वर्ष सम्म करिब ४ करोड लगानी गर्न सकिने  योजनामा रहेको बताए । ‘हाम्रो पालिकाको मुख्य पर्यटकीय स्थल ऐतिहासिक उदयपुरकोट दरबार हो’ प्रमुख पाण्डेले भने–‘दरबारका पूर्ण संरचना निर्माण गर्दै पर्यटीकय गन्तव्य बनाउनको लागि पालिकाले  निरन्तर लगानी पर्ने छ ।’ दरबारबाट स्वर्गद्धारी सम्मको मार्ग निर्माण कार्य अन्तिम चरणका पुगेको उनले बताए ।संरचना संरक्षणमा स्थानीयको अग्रसरता देखिएमा दरबारको  ऐतिहासिक सामाग्रीहरु सुरक्षित राख्न सकिने उनको भनाई छ । दरबार परिसरमा  रहेका संरचनाहरुको संरक्षणको लागि करिब ६ सय मिटर घेराबन्दी गरी तारबार गरिएको वडा अध्यक्ष डिल बहादुर घर्तीले  बताए ।तत्कालिन समयमा राजा शान्तराजले  दरबार रहेको  ८ रोपनी १३ आना जग्गामा विद्यालय  भवन बनाइ कामाक्षी माध्यमिक विद्यालय सञ्चालन गर्दै आएको थियो । अधिकारी राजाहरूको इतिहाससँग जोडिएको ऐतिहासिक उदयपुरकोट  दरबार पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रशस्त सम्भावना भए पनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा दरबार ओझलमा परेको छ l                              लेखक रेडियो स्वर्गद्वारी एफ एम प्युठानको स्टेसन प्रमुख हुन्        

यो पनि पढ्नुहोस्