समय : ११:२८ am | बिहिबार , फागुन २८ गते २०८२

सुदूरपश्चिम र कर्णालीमा भोलि हल्का पानी पर्ने, जमिन भिज्ने गरी वर्षाको सम्भावना तत्काललाई छैन : मौसमविद्

स्वर्गद्वारी अपडेट | माघ ४ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान । आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन्  । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म नै मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् शान्ति कडेलले जानकारी  दिनुभयो । उहाँका अनुसार दुई तीन दिन अब पारिलो घाम लाग्ने सम्भावना छैन । यसले गर्दा चिसो केही बढ्न सक्छ । पश्चिमी न्यून चापीय प्रणालीकै कारण भोलि भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । मौसमविद् कडेलका अनुसार भोलि यी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ तर तत्कालका लागि जमिन भिज्ने गरी वर्षा हुने सम्भावना भने छैन । मौसम बद्ली भइरहे पनि जमिन भिज्ने गरी तत्काललाई पानी नपर्ने उहाँको भनाई छ । यस्तै, अबको तीन दिन नै उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यो पनि पढ्नुहोस्