समय : ०१:०३ pm | बिहिबार , फागुन २८ गते २०८२

पाल्पामा ट्र्याक्टर दुर्घटना : एक जनाको ज्यान गयो, ४ जना घाइते

स्वर्गद्वारी अपडेट | पौष २५ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान, पाल्पामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।  रम्भा गाउँपालिका-३ कालीगण्डकी कोरिडोर सडक खण्डमा गएराति भएको दुर्घटनामा  रम्भा गाउँपालिका १ हुँगीका १७ वर्षीय विशाल थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लु ४ त ७९१६  नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ  पल्टिएको प्रहरीले जनाएको छ । घाइतेहरुको तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्