समय : ०५:२२ am | शुक्रबार , मंसिर ६ गते २०८१

प्रेम – पुष्पा घिमिरे

स्वर्गद्वारी अपडेट | मंसिर १४ गते २०७९
प्रेम
मलाई एउटा रहस्य जस्तो लाग्छ !
कुनै प्रेम व्यक्त हुन्छन् ,
कुनै हुदैनन् !
अव्यक्त एउटा त्यस्तो प्रेम
जुन कहिल्यै
आइ लभ यु र
आइ कान्ट लभ विद आउट यु नभनीकन
वर्षौसम्म चलिरह्यो ।
तर
जब बज्यै मरिन् ,
बाजेले एकथोपा आँसु चुहाएनन् !
तेह्र दिनको काजक्रीया सकेपछी
चौधौं दिनमा बज्यैलाई भेट्न
बाजे परलोक पुगे !
अनि तपाई कस्तो प्रेममा हुनुहुन्छ ?

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्