समय : १२:५७ pm | मङ्गलबार , फागुन १२ गते २०८२

पाल्पामा घाँस काट्ने क्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गयो

स्वर्गद्वारी अपडेट | कार्तिक ८ गते २०७९

स्वर्गद्वारी अपडेट ,प्यूठान ।

 पाल्पामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।घाँस काट्न घर नजिकैको दबदबेको रुखमा चढ्दा करेन्ट लागेर रामपुर नगरपालिका ९ जब्कादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठको ज्यान गएको हो । मंगलवार बिहान १० बजे तिर रुखमा चढेर घाँस काट्ने क्रममा एक्कासी थ्री फेजको लाइन छुन गइ करेन्ट लागेर भुइँमा खसेका विष्णुबहादुरलाई उपचारका लागी युनाइटेड मिशन अस्पताल पाल्पामा पठाए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

यो पनि पढ्नुहोस्