समय : १०:५१ pm | बिहिबार , असाेज ३ गते २०८१

राप्ती नदीमा डुबेर एक युवकको मृत्यु

स्वर्गद्वारी अपडेट | वैशाख ११ गते २०७९
  राप्ती नदीमा डुबेर भारतीय एक युवको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीप कुमार पाठक शुक्रबार बिहान १० बजेको समयमा साथीहरुसंग लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर स्थिति राप्ती नदीमा पौडी खेल्न गएको क्रममा डुबेर मृत्यु भएको हो । पाठक भारतदेखि देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगमा कच्चा पदार्थ ल्याएर नेपाल आएका थिए । उनी पौडी खेल्न नजानेको कारण राप्ती नदीमा डुबेर ज्यान गएको उनका साथीले जानकारी दिए । पाठकलाई शनिबार लमही अस्पतालमा पोस्टमार्टम गरि भारत पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमख पुष्पराज थापाले जानकारी दिएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्