समय : १०:४६ pm | बिहिबार , असाेज ३ गते २०८१

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता

स्वर्गद्वारी अपडेट | वैशाख १० गते २०७९

काठमाडौं, वैशाख १० गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सांसदहरुको टोलीले भेटवार्ता गरेकाे छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग नेपाल भ्रमणमा रहेका अमेरिकी पाँच सदस्यीय टोलीले भेटवार्ता गरेकाे हो । भेटमा नेपाल जलवायु परिवर्तनलगायत विश्वव्यापी मुद्दामाथि छलफल भएको प्रधानमन्त्री देउवाले ट्वीटमार्फत जानकारी दिनुभयो ।   त्यस्तै, नेपाल–अमेरिका मित्रता र सरकार, संसद र आम जनतालाई समावेश गरी बहुआयामिक साझेदारी अभिवृद्धि गर्ने उपायहरुबारे पनि छलफल भएको छ । संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणकाे लागि शुक्रबार साँझ काठमाडौं आइपुगेको हो । सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा रहेको टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) सामेल हुनुहुन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्