प्युठान।प्यूठान नगरपालिका–८ दम्ती पाङवाङ नजिकै रा १ ख १८३९ नम्बरको चुनढुंगा बोकेको टिप्परले ठक्कर दिंदा एकको मृत्यु भएको छ।
दाङको भालुबाङ्ग घर भएका ३७ बर्षका अशोक परियारको बिहिबार साँझ टिप्परले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
परियारले प्युठान जिल्लामा निर्माणको काम गर्दै आएका थिए।








