समय : ०९:०७ pm | बुधबार , चैत्र ४ गते २०८२

प्युठानका दुई स्थानीय तह अधिकृतविहीन

खनाल गए संगै सामान्य कामकाजका लागि नि.प्रमुख प्रशासकीय अधिकृतमा चन्द्र बहादुर जी.सी. लाई खटाईएको छ।

स्वर्गद्वारी अपडेट | चैत्र ४ गते २०८२

प्युठान।प्युठानका दुई स्थानीय तह अधिकृतविहीन भएका छन्।सरुवा भएर गएकाको ठाँउमा अर्को नपठाउँदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिले कार्यरत अधिकृतहरूलाई हटाएर अर्को नपठाउँदा प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा महिनौदेखि प्रमुख प्रशासकीय अधिकृत नियुक्त हुन सकेका छैनन्।

स्वर्गद्वारी नगरपालिकामा पौष २५ गते केशवराज भट्टराई सरुवा भएर गएका थिए।उनि गए संगै सामान्य कामकाजका लागि नि.प्रमुख प्रशासकीय अधिकृत दल बहादुर केसीलाई खटाईएको छ।    

प्रमुख प्रशासकीय अधिकृतको अभावले प्रशासनिक कामकाज प्रभावित भएको स्वर्गद्वारी नगरपालिका नगर प्रमुख टेक प्रसाद भण्डारीले बताए।सेवाग्राहीहरूले आवश्यक कागजात, सिफारिस, प्रमाणीकरण, राजस्व संकलन, योजना पारित, कर्मचारी व्यवस्थापन, सम्झौतासम्बन्धी कार्य, योजना बिल भुक्तानी, पेश्की फर्स्यौट, नगद तथा जिन्सी कारोबार, अनुगमन जस्ता महत्वपूर्ण कार्य अघि बढाउन नसकेका नगर प्रमुख भण्डारीले बताए।

त्यस्तै प्युठान नगरपालिकामा माघको दोस्रो साता प्रमुख प्र.अधिकृत कृष्ण प्रसाद खनाल सरुवा भए पछी नगरपालिका अधिकृतविहिन बन्न पुगेको हो।खनाल गए संगै सामान्य कामकाजका लागि नि.प्रमुख प्रशासकीय अधिकृतमा चन्द्र बहादुर जी.सी. लाई खटाईएको छ।

प्रमुख प्रशासकिय अधिकृतको हालसम्म कुनै टुङ्गो नलाग्दा महत्वपूर्ण कामकाज ठप्प हुनुका साथै बजेट फ्रिज हुने खतरा रहेको प्युठान नगरपालिका नगर प्रमुख बिष्णु बहादुर योगीले जानकारी दिए।  

यो पनि पढ्नुहोस्