समय : ०८:२५ pm | बुधबार , फागुन २७ गते २०८२

अन्य दलले प्रतिपक्षको भूमिका निर्वाह गरौ: शुसान्त वैदिक

संयोजक सुमन सुवेदीले डायरीमा जनताका मुद्दा लेखेर संसदमा उठाउने विश्वासका साथ उपहार प्रदान गरिएको बताए।

स्वर्गद्वारी अपडेट | फागुन २७ गते २०८२

प्युठान।हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसद सुशान्त वैदिकले अन्य दललाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।नागरिक सरोकार समाज प्युठानले आयोजना गरेको कार्यक्रमा उनले यसो भनेका हुन्।

बुधबार जुम्री स्थित होटल आयुष्मामा नव निर्वाचित सांसद वैदिकले पूर्वका दलहरूले संवैधानिक र न्यायपालिका नियुक्तिमा व्यक्तिगत स्वार्थका लागि बार्गेनिङ गरेर एकठाउमा आएका आरोप समेत लगाए।हाम्रो व्यक्तिगत चरित्रमा रहेर भन्दा पनि वाचा पत्रमा रहेर राजनैतिक चरित्रमा रहेर प्रश्नहरु राख्न संचारकर्मी र नागरिक समाजहरुलाई आग्रह समेत संसाद वैदिकले गरेका छन्।

सोही कार्यक्रममा नागरिक सरोकार समाज प्युठानले डायरी र कलम उपहार दिएको छ।समाजका संयोजक सुमन सुवेदीले डायरीमा जनताका मुद्दा लेखेर संसदमा उठाउने विश्वासका साथ उपहार प्रदान गरिएको बताए।दुई तिहाइ नजिकको सरकारले जनतालाई न्याय दिने गरी काम गरोस् भन्ने शुभकामना समेत संयोजक सुबेदीले दिएका थिए।

यो पनि पढ्नुहोस्