समय : १०:४१ pm | शनिबार , फागुन ९ गते २०८२

एमालेका ११० जना नेता कार्यकर्ता कांग्रेस  प्रवेश  

प्राध्यापक डाक्टर गोविन्दराज पोखरेललाई भारी मतले विजयी गराउन आफूहरू एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन्।

स्वर्गद्वारी अपडेट | फागुन ९ गते २०८२

प्युठान।प्युठानको सरूमारानी गाउँपालिकामा –१ मा नेकपा एमालेबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।शनिवार एमाले छाडेर करिब ११० जना नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस प्युठानले जनाएको छ।

कांग्रेस प्रवेश गर्नेहरूमा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडा अध्यक्ष पदका उम्मेद्वार हरि प्रसाद शर्मा, २०७९ सालको निर्वाचनमा सोही पदका उपविजेता चेत बहादुर पुन तथा एमालेका पूर्णकालीन सदस्य बेगम पल्लि लगायतका नेता तथा कार्यकर्ताहरू रहेका छन्।
कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसको नीति, लोकतान्त्रिक मूल्य र नेतृत्वप्रति विश्वास व्यक्त गरेका छन्। उनीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्राध्यापक डाक्टर गोविन्दराज पोखरेललाई भारी मतले विजयी गराउन आफूहरू एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन्।

कांग्रेसले यस प्रवेशलाई पार्टी सुदृढीकरण र संगठन विस्तारका लागि महत्वपूर्ण उपलब्धिको रूपमा लिएको जनाएको छ।

यो पनि पढ्नुहोस्