समय : ११:०५ pm | शुक्रबार , फागुन ८ गते २०८२

रविले दिए सुर्य थापालाई दनक

निरन्तर म माथि प्रहार भईरहेको छ यसको जवाफ जनताले मतदानबाट दिनुपर्छ।

लव कुमार अधिकारी | फागुन ८ गते २०८२

प्युठान।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले सुर्य थापाप्रति लक्षित गर्दै प्यूठानले धेरै माया गर्छ तर, धेरै माया नगर्नुहोस एक जना मान्छे रिसाउछ भन्दै थापा प्रति व्यंग गरेका छन्।

आज प्युठानको बिजुवारमा आयोजित चुनावी सभामा उनले थापाको नाम नभनी यति सुन्दर ठाउँ प्युठानलाई निरन्तर बदनाम गरिएको छ, निरन्तर म माथि प्रहार भईरहेको छ यसको जवाफ जनताले मतदानबाट दिनुपर्ने बताएका थिए।

प्युठानमा एमालेका सुर्य थापासँग उम्मेदवारी दिएका रास्वपाका  शुसान्त बैदिकको पक्षमा मत माग्दै लामिछानेले क्षमता भएको युवालाई जनताले अनुमोदन गरेर पठाउनुपर्ने जनाएका थिए।

यो पनि पढ्नुहोस्