प्युठान।नेकपा एमाले प्युठानका उम्मेदवार सुर्य थापाले बालेन्द्र शाह माथि कटाक्ष गरेका छन्।शनिबार सरुमारानी गाउँपालिका – ४ बड्डडाँडामा आयोजित वडास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बालेन शाह निन्द्रामा हुनुहुन्छ भनेका हुन्।
‘बालेन शाह अहिले देश दौडाहामा हुनुहुन्छ थापाले भने,‘तपाइले देख्नु भयो नि दार्चुला पुग्नु भो, अछाम पुग्नु भो, कहिँ एक शब्द बोलेको सुन्नु भो ?’ ‘कतै देश बनाउछु भनेको देख्नुभयो? कहिँ केहि गरेको सुन्नु भयो ? गाडीको हुटमा बसेर हात हल्लाएर देश बन्छ? समेत थापाले भन्न भ्याएका छन्।’बालेन्द्र शाहा जी हाम्रो त उहाँ भाई पुस्ताको मान्छे हो, हामि नयाँ–नयाँ भन्नु भएको छ, मेयरमा असफल भएपछी प्रधानमन्त्री बन्ने भनेर हिडिरहनु भएकोछ थापाले भनेका छन्।
‘फागुन २१ गते झापा-५ मा चुनाव आईसकेपछी उहाँ बल्ल निन्द्राबाट ब्यूँझनुहुनेछ, निन्द्राको सपनाबाट ब्युझनुहुनेछ र नेपालि जनताले उहाँको वास्तविक हैसियत देखाईदिनेछन’–उनले भने।








