प्युठान।रेन्बो एकेडेमी प्युठानले खेलकुद महोत्वस २०८२ संचालन गरेको छ।बालबालिकाको सर्वाङ्गीण बिकासको लागि एकेडेमीले खुलकुद आयोजना गरेको हो ।
पौष ४ गतेदेखि संचालन भएको उक्त खेल महोत्सवमा ३५ वटा खेल प्रतियोगिता गराइने रेन्बो एकेडेमी प्यूठानका प्रिन्सिपल दुर्गा खड्काले जानकारी दिए।उनले तेक्वान्दो, बेलुन डान्स, सिह धागो खेल, म्युजिकल चेयर, क्रिकेट, लङ्गजम्प, रिलेरेस दौड, नर्मल दौड २ सय मिटर, चम्चा दौड, स्याक्रेस, घैटाफोर, हिसाब दौड, तातो आलु, दिमाग मार्चपास परिक्षण लगाएतका खेल खेलाइने प्रिन्सिपल खड्काले बताए।
२०६६ सालमा स्थापना भएको बिद्यालय प्युठान नगरपालिका -४ जुम्रीमा २०७६ सालदेखि संचालन आएको थियो। सोहि बिद्यालयमा ४ सय बढी विद्यार्थी रहेका छन्।
नर्सरीदेखि कक्षा ७ सम्म संचालन भएको बिद्यालयले २०८० सालबाट बिधिबत रुपमा खेलमहोत्सव सुरुवात गरेको थियो।
खेलकुद महोत्सव मंगलबार समापन हुनेछ।







