समय : ०९:३९ pm | आइतबार , फागुन १० गते २०८२

एमालेसँग मिल्नु भनेको काँग्रेसलाई मृत्युवरण हो: प्रा.डा.पोखरेल

नेता पोखरेलले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ३१ हजार २८६ प्राप्त मत गरि पराजय भएका हुन्।

स्वर्गद्वारी अपडेट | पौष १४ गते २०८२

प्युठान।नेपाली काँग्रेसका नेता एंवम योजना आयोगका पुर्वउपाध्यक्ष प्राध्यापक/डाक्टर गोविन्दराज पोखरेलले एमालेसँग मिल्नु भनेको काँग्रेसलाई मृत्युवरण जस्तै हुने बताएका छन्।टक सो लिड नेपालसँग कुराकानी सन्दर्भमा उनले यसो भनेका हुन्।

फागुन २१ मा चुनाव हुने हो भने संसदको चुनावमा एमाले र कांग्रेस गठबन्धन गरेमा काँग्रेसलाई मृत्युबरण जस्तै हुने नेता पोखरेलले बताए।‘चुनाव मैले जित्छु जनताले मलाई मन पराउछन’ उनले भने ,’०७९ को चुनावमा सुर्य थापाजीले जित्नु भयो उहाँ टेस्टड हुनुभयो।’ अब युवाको मागलाई युवाको भावनालाई सम्बोधन नगर्ने युवा सँग संवाद नगर्ने हो भने फेरी पनि देश अस्थिरता तिर जाने हुन्छ, त्यसैले हुन सक्ने मागलाई फागुन २१ पछी आउने सरकारले सम्बोधन गर्नुपर्ने नेता पोखरेलले भनेका छन्।

नेता पोखरेलले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ३१ हजार २८६ प्राप्त मत गरि पराजय भएका हुन्।उनका प्रतिद्वन्द्वी दुर्गा पौडेलले बिजयी हासिल गरेकी थिईन।  पौडेल २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका सुर्य थापा सँग पराजय भएकी थिइन्।नेता पोखरेलले ०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका नेता  सुर्य थापालाई सहयोग गरेको आरोप खेप्दै आएका छन्।

यो पनि पढ्नुहोस्