प्युठान।सडक चौडा गर्नका लागि भालुवाङ – गनाह–चकचके– लिवाङ सडक खण्ड बन्द हुने भएको छ।सडक डिभिजन कार्यालय प्युठानले एक सूचना जारी गर्दै यस क्षेत्रको सडक बन्द हुने जानकारी दिएको हो।
सडक डिभिजन प्युठानको कार्यक्षेत्र अन्तर्गत गनाह –चकचके –लिवाङ सडकको बडडाडा –चकचके खण्डमा रहेका थक्लेनी (चेनेज ३५+००कि.मी र गर्जेनी (चेनेज ३९+७० कि.मी) मा चट्टान काटी मोड सुधार गर्नुपर्ने भएकाले भालुवाङ –लिवाङ सडक खण्ड बन्द हुने सडक डिभिजन कार्यालय प्युठानले जारि गरेको सुचनामा उल्लेख गरेको छ।
पौष १२ गते देखि पौष २६ गते सम्म सडक बन्द हुने छ।साथै सो समयमा सडक प्रयोगकर्ता महानुभावहरुलाई पर्न गएको असुविधाप्रति कार्यालयले क्षमाप्राथी रहेको समेत सुचनामा उल्लेख गरेको छ।
सडक बन्द हुने समय तालिका यस प्रकार रहेको छ।

सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने हुँदा बैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले सडक प्रयोगकर्ताहरुलाई आग्रह समेत गरेको छ।








