काठमाडौं। साबिक उपविजेता नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबलको पहिलो खेलमा पराजित भएको छ। भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा आजा भएको खेलमा पाकिस्तानसँग नेपाल १–० ले पराजित भएको हो ।
समूह बी मा रहेको नेपालले दोस्रो खेल पर्सि सोमबार श्रीलंकासँग र बुधबार घरेलु टोली भुटानसँग खेल्ने तालिका छ ।।